पेन्टिङका सोखिन यी कलाकार | Khabarhub Khabarhub

पेन्टिङका सोखिन यी कलाकार


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडका कैयौं कलाकारहरु आफ्नो खाली समयमा पेन्टिङ बनाएर आफ्नो सोख पुरा गर्छन् । आफ्नो व्यस्त समयबाट जब उनीहरुले फुर्सद पाउँछन्, त्यो बेला पेन्टिङ कोरेर आफ्नो तनावलाई कम गर्छन् ।

अभिनेता सलमान खान पेन्टिङमा माहिर सेलिब्रेटीमा पर्छन् । सलमान स्केचिङ र पेन्टिङमा खुबै चासो दिन्छन् । सामाजिक सञ्जालमा कैयौं पटक सलमानले आफ्नो पेन्टिङ कला फ्यानमाझ सार्वजनिक गरेका छन् ।

सलमान आफ्नो पेन्टिङलाई करोडौंमा लिलाम गर्छन् र त्यो पैसालाई च्यारिटीमा खर्च गर्छन् । लिलामीबाट प्राप्त रकम उनी आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’को फण्डमा जम्मा गर्छन् ।

अभिनेत्री सोनाक्षी सिन्हालाई पनि पेन्टिङको ठूलो सोख छ । कोरोनाको समयमा दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुलाई सहयोग गर्नका लागि उनले आफ्नो केही स्केच लिलामी गरेकी थिइन् । जसबाट प्राप्त रकम उनले दैनिक ज्यालादारीमा काम गर्नेलाई हस्तान्तरण गरेकी थिइन् ।

फेसन आइकन तथा अभिनेत्री इलियाना डिक्रुज पेन्टर पनि हुन् । उनी प्रायः आफूले बनाएको पेन्टिङ र स्केचलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । केही समय अघि उनले आफूले बनाएको पेन्टिङ र स्केचको झलक सामाजिक सञ्जालमा राखेकी थिइन् । उनले त्यसको क्याप्सनमा ‘हार्टबीट्स र फिल्स’, आशाको एक किरणका साथ’ लेखेकी थिइन् ।

वेब सिरिज ‘ग्रहण’ फेम वामिका गब्बीको बारेमा एउटा कुरा सायद कमैलाई थाहा होला । उनी एक राम्रो पेन्टर पनि हुन् । उनी जहिल्यै आफ्नो झोलामा एक स्केच पेन्सिलको सेट राख्छिन् । जहाँ उनले समय पाउछिन्, त्यो बेला उनी पेन्टिङमा बसिहाल्छिन् । फादर्स डेको मौकामा वामिकाले आफ्नो पिताको एक सुन्दर स्केच बनाएका थिइन् र त्यो स्केच उनले पितालाई उपहारका रुपमा दिएकी थिइन् ।

फिल्म ‘गली ब्वाइ’ फेम सिद्धान्त चतुर्वेदी पनि पेन्टिङका सोखिन कलाकार हुन् । केही दिन अघिमात्र उनले एक पेन्टिङ गरेको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । उनको पेन्टिङ हेरेपछि फ्यानले उनलाई लियोनार्दो दा भिञ्चीको उपमा दिएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १२ : ३६ बजे

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु