पेन्टिङका सोखिन यी कलाकार « Khabarhub

पेन्टिङका सोखिन यी कलाकार


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडका कैयौं कलाकारहरु आफ्नो खाली समयमा पेन्टिङ बनाएर आफ्नो सोख पुरा गर्छन् । आफ्नो व्यस्त समयबाट जब उनीहरुले फुर्सद पाउँछन्, त्यो बेला पेन्टिङ कोरेर आफ्नो तनावलाई कम गर्छन् ।

अभिनेता सलमान खान पेन्टिङमा माहिर सेलिब्रेटीमा पर्छन् । सलमान स्केचिङ र पेन्टिङमा खुबै चासो दिन्छन् । सामाजिक सञ्जालमा कैयौं पटक सलमानले आफ्नो पेन्टिङ कला फ्यानमाझ सार्वजनिक गरेका छन् ।

सलमान आफ्नो पेन्टिङलाई करोडौंमा लिलाम गर्छन् र त्यो पैसालाई च्यारिटीमा खर्च गर्छन् । लिलामीबाट प्राप्त रकम उनी आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’को फण्डमा जम्मा गर्छन् ।

अभिनेत्री सोनाक्षी सिन्हालाई पनि पेन्टिङको ठूलो सोख छ । कोरोनाको समयमा दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुलाई सहयोग गर्नका लागि उनले आफ्नो केही स्केच लिलामी गरेकी थिइन् । जसबाट प्राप्त रकम उनले दैनिक ज्यालादारीमा काम गर्नेलाई हस्तान्तरण गरेकी थिइन् ।

फेसन आइकन तथा अभिनेत्री इलियाना डिक्रुज पेन्टर पनि हुन् । उनी प्रायः आफूले बनाएको पेन्टिङ र स्केचलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । केही समय अघि उनले आफूले बनाएको पेन्टिङ र स्केचको झलक सामाजिक सञ्जालमा राखेकी थिइन् । उनले त्यसको क्याप्सनमा ‘हार्टबीट्स र फिल्स’, आशाको एक किरणका साथ’ लेखेकी थिइन् ।

वेब सिरिज ‘ग्रहण’ फेम वामिका गब्बीको बारेमा एउटा कुरा सायद कमैलाई थाहा होला । उनी एक राम्रो पेन्टर पनि हुन् । उनी जहिल्यै आफ्नो झोलामा एक स्केच पेन्सिलको सेट राख्छिन् । जहाँ उनले समय पाउछिन्, त्यो बेला उनी पेन्टिङमा बसिहाल्छिन् । फादर्स डेको मौकामा वामिकाले आफ्नो पिताको एक सुन्दर स्केच बनाएका थिइन् र त्यो स्केच उनले पितालाई उपहारका रुपमा दिएकी थिइन् ।

फिल्म ‘गली ब्वाइ’ फेम सिद्धान्त चतुर्वेदी पनि पेन्टिङका सोखिन कलाकार हुन् । केही दिन अघिमात्र उनले एक पेन्टिङ गरेको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । उनको पेन्टिङ हेरेपछि फ्यानले उनलाई लियोनार्दो दा भिञ्चीको उपमा दिएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १२ : ३६ बजे

संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन

लोकतान्त्रिक शासन व्यवस्थाको आधार विधिको शासन हो । विधिको शासन

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत

विजय र स्वस्तिमा उत्कृष्ट घोषित

काठमाडौँ- छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

बागलुङ– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन ९मोडिफाइ० गरी

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै