इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम « Khabarhub

इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् ।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् ।

अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

–न्युज कारखाना

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १२ : २२ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति