प्रधानन्यायाधीशलाई भोलिदेखि सर्वोच्चमा पस्न दिँदैनौँ– बार अध्यक्ष श्रेष्ठ « Khabarhub

प्रधानन्यायाधीशलाई भोलिदेखि सर्वोच्चमा पस्न दिँदैनौँ– बार अध्यक्ष श्रेष्ठ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले भोलिदेखि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘अहिलेका प्रधानन्यायाधीश विचौलियाका नाइके भएका छन् । हामीलाई शुद्ध न्याय दिने प्रधानन्यायाधीश चाहिन्छ । यस्तो प्रधानन्यायाधीश जबसम्म ल्याउन सकिँदैन तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

उनले भोलि १० बजे नै सर्वोच्च अदालत परिसरमा सम्पूर्ण कानून व्यवसायी भेला भएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १२ : ५२ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक