बार अध्यक्षको आक्रोश : घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ? (भिडियोसहित) « Khabarhub

बार अध्यक्षको आक्रोश : घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ? (भिडियोसहित)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ ।

महासचिव लीलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोशमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो ।

प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए ।

तर, श्रेष्ठ भने एक्लै भेट्न नजाने भन्दै कड्किए । ‘वरिष्ठज्यू सम्माननीयज्यूले माथि बोलाउनुभएको छ, ’एसपीले यति भनिनसक्दै श्रेष्ठ ‘अब म बोल्छु’ भन्दै ठूलो स्वरमा कराए, ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुपर्छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १ : ३८ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल