बार अध्यक्षको आक्रोश : घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ? (भिडियोसहित) « Khabarhub

बार अध्यक्षको आक्रोश : घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ? (भिडियोसहित)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ ।

महासचिव लीलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोशमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो ।

प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए ।

तर, श्रेष्ठ भने एक्लै भेट्न नजाने भन्दै कड्किए । ‘वरिष्ठज्यू सम्माननीयज्यूले माथि बोलाउनुभएको छ, ’एसपीले यति भनिनसक्दै श्रेष्ठ ‘अब म बोल्छु’ भन्दै ठूलो स्वरमा कराए, ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुपर्छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १ : ३८ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक