पल बने विश्वकै कामूक पुरुष « Khabarhub

पल बने विश्वकै कामूक पुरुष


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेता पल रड विश्वकै कामूक पुरुष घोषित भएका छन् । अमेरिकाको एक प्रतिष्ठित पत्रिका ‘पिपल’ले उनलाई सन् २०२१ को ‘सेक्सिएस्ट मेन अलाइव’को उपाधि दिएको हो । यो मामलामा उनले बलिउड तथा हलिउडका ठूला कलाकारलाई पछाडि पारेका छन ।

आफूले यो उपाधि पाउदा पल नै चकित परेका छन् । ‘मैले दयालु, मिलनसार, मेहनती जस्ता उपाधि पाएको छु । तर सेक्सी ? यो केही फरक छ’, उनले भनेका छन् ।

५२ वर्षे अभिनेता पलका दुई सन्तान छन् । कमेडियन अभिनेता पलले जब ‘कामूक पुरुष’को उपाधि पाए, उनले यो कुरा पत्नी जूली येगेरलाई बताएका थिए । पत्नी भने पलको कुरा सुनेर चिन्तित भएकी थिइन् ।

पल विशेषत मार्वलको ‘एन्ट–मेन’को भूमिकाका लागि चिनिन्छन् । यसबाहेक उनले ‘दिस इज ४०’ र ‘क्लूलेस’ जस्ता फिल्ममा पनि काम गरेका छन् । उनी चाँडै एप्पल टीवी प्लसको सिरिज ‘द श्रींक नेक्स्ट डोर’मा देखिँदैछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १ : ५८ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा