अहिलेको संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ « Khabarhub

अहिलेको संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको संविधान हटाउने कल्पनासमेत गर्न नसकिने बताएका छन् ।

गृह जिल्ला इलाममा बिहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे ।

‘यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, ‘संविधान फेर्ने चासचुस चर्चा हुँन थालेको छ, त्यस्तो चर्चाको कुनै तुक छैन ।’

नेम्वाङले नेपालको अहिलेको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि तलमाथि नहुने दावी गरे । ‘कसैलाई केही भइहाल्छ भन्ने चिन्ता लागेको छ भने चिन्तामुक्त हुन्म आग्रह गर्छु,’ नेम्वाङले भने ।

संविधानसभामा उपस्थित ३१ दलबाट संविधान बनाउन अनेक अप्ठयारो झेलेको भए पनि संविधान संशोधनमार्फत यसलाई सबै दलले स्वीकार गरेको नेम्वाङको भनाइ छ ।

‘हामीले निकै चुनौतीपूर्ण अवस्थामा संविधान बनायौ‌, संविधानमा चुच्चे नक्सा राख्न दलहरू एक ढिक्का भए,’ नेम्वाङले थपे, ‘अब नेपालको सबै दलले संविधानलाई स्वीकारेका छन् ।’ संविधानमा नै भएको व्यवस्थालाई टेकेर आवश्यक परिवर्तन गर्न सकिने उनको भनाइ छ । ‘तपाइँ जनताको मन जितेर आउनुहोस् चाहे अनुसारको परिवर्तन गर्न सक्नुहुन्छ,’ नेम्वाङले भने,‘अब परिवर्तनको लागि कुनै लडाइँ, आन्दोलन गरिराख्नु पर्दैन ।’

नेता नेम्वाङले जनतालाई समेत मन नपर्ने पार्टी र व्यक्ति परिवर्तन गर्न सुझाए । ‘व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुहोस, पार्टी मन पर्दैन पार्टी फेर्नुहोस्’, उनले थपे,‘दलहरू बहीखाता बोकेर चाडै तपाइँकोमा आउँदैछन् ।’

नेम्वाङले जनताले दिने फैसलाले मुलुकलाई दिशा दिने बताए । उनले भने, ‘अहिले केही अप्ठयारो भएको जस्तो लागेको होला, तपाइँको फैसलाले देशलाई निकास दिन्छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ४ : ०० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित