पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवको प्रदर्शन (भिडियो) « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवको प्रदर्शन (भिडियो)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबिरुद्ध बिप्लव नेतृत्वको नेकपाले काठमाडौँमा बिरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध तत्काल फिर्ता लिन माग गर्दै नेकपाले बिहीबार काठमाडौँको शान्ति वाटिकामा बिरोध प्रदर्शन गरेको हो ।

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्य वृद्धि गर्दै आएको उसको आरोप छ । प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताले एमसीसी खारेज हुनुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका नेता माइला लामाले सरकारले गरेको जनबिरोधी कामलाई हेरेर बस्न नसक्ने बताए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध आन्दोलन कार्यक्रम घोषणा समेत गरेको उनले बताए ।

आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ७५ रूपैयाँ बढाएर ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ कायम गरेको छ भने पेट्र‍ोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ४ : ५५ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन