राप्ती अस्पतालमा अक्सिजन अभाव नहुने « Khabarhub

राप्ती अस्पतालमा अक्सिजन अभाव नहुने


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अक्सिजनको अभाव नहुने भएको छ ।

सो अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा आएपछि अक्सिजन अभाव नहुने भएको हो । प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन सुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले जानकारी दिए ।

एक करोड ५० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । हाल दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । उत्पादन सुरु भएपछि तत्कालका लागि आवश्यकपर्ने अक्सिजन प्रार्याप्त भएको अस्पतालले जनाएको छ ।

अस्पतालको रु तीन लाख आर्थिक व्ययभार कम भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालमा दैनिक आवश्यकपर्ने करिब १० अक्सिजन सिलिण्डर बाहिरबाट खरिद गरेर काम चलाउनुपर्ने बाध्यता थियो । अक्सिजन उत्पादन र रिफिलिङ गर्न सकिने भएपछि अब कोभिड–१९ महामारीको समयमा पनि बिरामीको सहजै उपचार गर्नसकिने अस्पतालले जनाएको छ ।

गत  जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालसहित नेपालका १२  अस्पतालका लागि रु १६ करोड ८० लाख बजेट छुट्याउने निर्णय गरेको थियो । अक्सिज अभावले कोरोना सङ्क्रमितको ज्यान जान थालेपछि प्लान्टको व्यवस्था गरिएको हो । अस्पतालकै परिसरमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको अर्को प्लान्ट  निर्माण सुरु भएको छ ।

क्यानडा सरकारको सहयोग र  नेपाल रेडक्रस दाङको समन्वयमा प्लान्ट निर्माण थालिएको हो । प्रादेशिक अस्पतालमा एक महिनादेखि कोरोनाका बिरामीलाई लक्षित गरी कोभिड वार्डसमेत सञ्चालनमा ल्याएको छ । बालबालिकाका लागि ३० अति सघन कक्ष, अन्य उमेर समूहका लागि ३० सघन उपचार कक्ष र १०  एचडियु कक्षसमेत निर्माण गरिसकेको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ५ : ४७ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै