राप्ती अस्पतालमा अक्सिजन अभाव नहुने « Khabarhub

राप्ती अस्पतालमा अक्सिजन अभाव नहुने


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अक्सिजनको अभाव नहुने भएको छ ।

सो अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा आएपछि अक्सिजन अभाव नहुने भएको हो । प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन सुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले जानकारी दिए ।

एक करोड ५० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । हाल दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । उत्पादन सुरु भएपछि तत्कालका लागि आवश्यकपर्ने अक्सिजन प्रार्याप्त भएको अस्पतालले जनाएको छ ।

अस्पतालको रु तीन लाख आर्थिक व्ययभार कम भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालमा दैनिक आवश्यकपर्ने करिब १० अक्सिजन सिलिण्डर बाहिरबाट खरिद गरेर काम चलाउनुपर्ने बाध्यता थियो । अक्सिजन उत्पादन र रिफिलिङ गर्न सकिने भएपछि अब कोभिड–१९ महामारीको समयमा पनि बिरामीको सहजै उपचार गर्नसकिने अस्पतालले जनाएको छ ।

गत  जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालसहित नेपालका १२  अस्पतालका लागि रु १६ करोड ८० लाख बजेट छुट्याउने निर्णय गरेको थियो । अक्सिज अभावले कोरोना सङ्क्रमितको ज्यान जान थालेपछि प्लान्टको व्यवस्था गरिएको हो । अस्पतालकै परिसरमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको अर्को प्लान्ट  निर्माण सुरु भएको छ ।

क्यानडा सरकारको सहयोग र  नेपाल रेडक्रस दाङको समन्वयमा प्लान्ट निर्माण थालिएको हो । प्रादेशिक अस्पतालमा एक महिनादेखि कोरोनाका बिरामीलाई लक्षित गरी कोभिड वार्डसमेत सञ्चालनमा ल्याएको छ । बालबालिकाका लागि ३० अति सघन कक्ष, अन्य उमेर समूहका लागि ३० सघन उपचार कक्ष र १०  एचडियु कक्षसमेत निर्माण गरिसकेको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ५ : ४७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले