स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप « Khabarhub

स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — स्विट्जरल्यान्डले नेपाललाई कोरोनाविरुद्धको १ लाख ४४ हजार डोज खोप सहयोग गरेको छ । स्विट्जरल्यान्डले कोभ्याक्स सुविधाअनुसार सो खोप नेपाललाई प्रदान गरेको हो।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन कपेलेरले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई खोप हस्तान्तरण गरिन् ।

राजदूत एलिजाबेथ भोन कपेलेरले खोप सहयोग स्विट्जल्यान्डसँग ६२ वर्षको मित्रता र नेपालप्रति ऐक्यबद्धतालाई दर्शाएको बताइन् ।

कोरोना महामारी सुरु भएयता स्विट्जरल्यान्डले नेपाललाई पीसीआर परीक्षण किट्स, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, औषधि तथा उपकरण उपलब्ध गराएको थियो । स्विस दूतावासले हालसम्म २ करोड अमेरिकी डलर बराबरको सहयोग गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ८ : ०० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले