मालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुने « Khabarhub

मालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुने


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (माले) ले पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्नको लागि नेकपा (एमाले) ले तयारी गरिरहेका बेला मालेले पनि बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनमा देशभरबाट ३५० प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य दिननाथ घिमिरेले जानकारी दिए । २७–२९ कात्तिकमा हुने महाधिवेशनको लागि तयारी तीव्र पारिएको उनको भनाइ छ ।

मालेको महाधिवेशन नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने उनले जानकारी दिए । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटी, ११ सदस्यीय स्थायी समिति, र २१ जना पोलिटब्यूरो सदस्य चयन हुने उनको भनाइ छ । त्यस्तै, २० वटा विभागको नेतृत्व पनि चयन हुनेछ ।

‘सबै कमिटी र समितिको नेतृत्व सर्वसम्मतिले गर्ने हाम्रो कोसिस हुनेछ’, उनले भने, ‘महाधिवेशनमा अबको नयाँ जनवाद, संगठनात्मक सिद्धान्त, कार्य नीतिमाथि छलफल हुन्छ । महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन र पार्टीको विधान संशोधन लगायतका दस्ताबेजमाथि पनि समूहगत छलफल गरिनेछ ।’

महाधिवेशनको उद्घाटन गर्नुअघि नारायणगढमा जुलुस निकालिने उनले बताए । प्रदेश संरचना र एमसीसी खारेज अभियानलाई थप सशक्त बनाउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुरामा पार्टीका मुख्य ध्यान हुने उनको भनाइ छ । नेकपा माले ११ पुस २०३५ मा स्थापना भएको हो । २०५८ मा यसको पुनर्गठन गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ८ : ३२ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले