किर्ते कागजात बनाएर लाखौँ ठग्ने भारतीय नागरिक पक्राउ « Khabarhub

किर्ते कागजात बनाएर लाखौँ ठग्ने भारतीय नागरिक पक्राउ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– किर्ते कागजात तथा पहिचान बदलेर ठगी धन्दा चलाउने एकजना भारतीय नागरिक काठमाडौँबाट पक्राउ परेका छन् । ठगीको आरोपमा महानगरीय अपराध महाशाखाले भारतको तामिलनाडु राज्यस्थित चेन्नई घर भई काठमाडौँमा बस्दै आएका ४४ वर्षीय शिवम विरुमुथु चेटियार पक्राउ गरेको हो ।

चेटियारले मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयरहोल्डरहरुसँग सम्झौता गर्न लागेको भन्दै किर्ते कागजात देखाएर विभिन्न्न व्यक्तिलाई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

उनले नेपाल सरकारका उच्च पदाधिकारीसँगसमेत राम्रो सम्बन्ध रहेको देखाउँदै केही व्यक्तिलाई प्रलोभनमा पारेर उनीहरुको जमिनको लालपूर्जा प्रयोग गर्न खोजेको प्रहरीले जनाएको छ । ती लालपूर्जाबाट उनले बैंकबाट ऋण लिने तयारीसमेत गरेको बताइएको छ ।

उनले ठगीका लागि आफू रेडक्रस सोसाइटी आइसीआरसीको डाईरेक्टर हुँ भन्दै नक्कली परिचय पत्र देखाएकोसमेत प्रहरीले जनाएको छ । उनले विभिन्न नेपाली नागरिकको नागरिकता लिएर त्यसबाट बैंक खातासमेत सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ८ : ५६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको