मधेश केन्द्रित दलका नेताबारे अभिव्यक्तिका मन्त्री श्रेष्ठ विवादमा « Khabarhub

मधेश केन्द्रित दलका नेताबारे अभिव्यक्तिका मन्त्री श्रेष्ठ विवादमा


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश केन्द्रित दलका नेताबारे दिएको अभिव्यक्तिपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठ विवादमा तानिएका छन् ।

गत सोमबार गृह जिल्ला तनहुँमा आयोजित आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री श्रेष्ठले तराई टुक्र्याउँछु भन्ने मधेशी नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको टिप्पणी गरेका थिए ।

उनको यो भनाइपछि उनी विवादमा तानिएका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले हाल तत्कालीन जसपाको महन्थ ठाकुर समूहका नेताहरुलाई मन्त्री बनाएका थिए । ठाकुर समूहले अहिले जसपा विभाजन गरेर लोजसापा गठन गरेको छ ।

लोसपका नेताहरुले मन्त्री श्रेष्ठको टिप्पणी नश्लीय भएको भन्दै आपत्ति जनाएका छन् । लोसपाका नेता केशव झाले मधेशी जनतालाई होच्याउने अभिव्यक्ति मन्त्रीले दिएको बताए । उनले मन्त्रीको मानसिक अवस्थामाथिसमेत प्रश्न गरेका छन् ।

आफ्नो अभिव्यक्तिको विरोध हुन थालेपछि मन्त्री श्रेष्ठले यो विषयमा सफाइसमेत दिएका छन् । उनले आफूले कुनै समूदायप्रति लक्षित टिप्पणी गर्न नखोजेको बताएका छन् । मन्त्रीहरुले बेला बेलामा अभिव्यक्तिकै कारण पद गुमाउनु परेको इतिहास छ । तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारी र कानूनमन्त्री शेरबहादुर तामाङ अभिव्यक्तिकै कारण पद गुमाउने नेताहरुमा पर्छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ९ : २१ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन