स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेट « Khabarhub

स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेट


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्विट्जरल्याण्ड सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहीबार भेट भएको छ।

निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका चासो राखेको जनाइएको छ ।

नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका थिए। सहयोगका लागि धन्यवाद दिदै उनले अन्य विकासमा पनि सहयोग बिस्तार गर्न आग्रह गरेका थिए। साथै, निधिले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए।

जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन्।

प्रतिनिधिमण्डलमा राजदूत क्यापिलरसहित मेरी हब्ली, गर्ट इञ्जल्समन, क्रिस्टोफ गार्फ र जोसे लुइस पेरेरा ओसियो सहभागी थिए।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १० : ४३ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले