‘सेल्फी भोटिङ प्रणाली’लागू हुने एनआरएनएको चुनावमा « Khabarhub

‘सेल्फी भोटिङ प्रणाली’लागू हुने एनआरएनएको चुनावमा


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’को सफल परिक्षण गरिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फी भोटिङ प्रणाली सफलतापूर्वक परीक्षण गरिएको हो ।

सो प्रणाली अन्तर्गत गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत दर्ता भएका प्रतिनिधिले मतदान गर्नुभन्दा अघि आफ्नो सेल्फीमार्फत मतपत्र खोलेर मात्र आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।

गैरआवासीय नेपाली संघका ३३ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले सो सुविधा पहिलो पटक प्रयोग गर्न पाउने भएका छन् । संघका अनुसार हाल सम्म ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरुले स्मार्ट एनआरएनए डाउलोड गरेर सेल्फी दिएका छन् । संघको निर्वाचन समितिले डिसेम्बर २६- २७ मा हुने एनआरएनएको निर्वाचनमा भाग लिन सेल्फी अनिवार्य गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : २१ बजे

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन