कांग्रेस महाधिवेशन : सुनिल थापाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी « Khabarhub

कांग्रेस महाधिवेशन : सुनिल थापाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि सुनिल थापाले उम्मेदवारी दिएका छन् ।

राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनले १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको मनोनयन दर्ताका क्रममा सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

राप्रपाका तत्कालीन अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर छोरा रहेका उनी कांग्रेसको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री बनाइए पनि चुनावी प्रतिस्पर्धामा भने थापाले सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।  शनिबार बिहान ११ बजेपछि सुरु भएको मनोनयन दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि उम्मेदवारी दिएका छन् ।

यसैबीच, अहिलेसम्म आठ सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, वकिल मिया, तेजुलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ३ : ३१ बजे

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता