कांग्रेस महाधिवेशन : सुनिल थापाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी « Khabarhub

कांग्रेस महाधिवेशन : सुनिल थापाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि सुनिल थापाले उम्मेदवारी दिएका छन् ।

राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनले १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको मनोनयन दर्ताका क्रममा सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

राप्रपाका तत्कालीन अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर छोरा रहेका उनी कांग्रेसको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री बनाइए पनि चुनावी प्रतिस्पर्धामा भने थापाले सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।  शनिबार बिहान ११ बजेपछि सुरु भएको मनोनयन दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि उम्मेदवारी दिएका छन् ।

यसैबीच, अहिलेसम्म आठ सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, वकिल मिया, तेजुलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ३ : ३१ बजे

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा