शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गरे « Khabarhub

शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गरे


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका लागि डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान केन्द्रीय सदस्य रहेका कोइराला संस्थापन इतर समूहका उम्मेदवार हुन् । उनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

डा.शेखर नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारका सदस्य हुन् । उनी नोना कोइरालाका छोरा हुन् । लामो समय चिकित्सक रहेका कोइराला शान्ति प्रक्रियामा तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले विश्वास गरेका पात्र हुन् । उनी त्यसपछि नै कांग्रेसको राजनीतिमा सक्रिया भएका थिए ।

कोइरालाले उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीलाई तयार गरेका छन् । यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिने तयारी भएको छ ।

सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बन्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : २१ बजे

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा