ओलीले फेरि भने : ताजा जनादेशको विकल्प छैन « Khabarhub

ओलीले फेरि भने : ताजा जनादेशको विकल्प छैन


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकबाट अस्थिरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको बिकल्प नभएको दोहोर्‍याएका छन् ।

शनिबारबाट भक्तपुरमा सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनमत प्राप्त सरकारलाई हटाएर मुलुकमा अस्थिरता र अराजकता पैदा गर्न खोजिएको भन्दै ताजा जनादेशको बिकल्प नभएको बताए ।

ताजा जनादेश भन्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला दुई पटक संसद विघटन गरेका थिए । दुबै पटक सर्वोच्चले विघटन बदर गरिदिएको थियो । ओली अझे पनि ताजा जनादेशको अडानमा अडिग देखिएका छन् ।

यसअघि एमालेकै भोटले जितेका व्यक्तिहरुले बेइमानी गरेको र पार्टीलाई बिगार्न खोजिएको उनले आरोप लगाए। उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनका साथै अन्य निर्वाचनमा जितको लक्ष्यका साथ तयारी गर्न निर्देशन दिए ।

उनले स्वार्थमा नभएर बिचारमा संगठित भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे। एमालेको बिजयीलाई सुनिश्चित बनाउनका लागि एकीकृत भएर जनतामाझ जार्नुपर्ने र यसका लागि कुनै मोर्चाबन्दीको आवश्यकता नरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले जनताका लागि गर्नैपर्ने बिभिन्न कामहरुको सूची वनाएर नै परिचालन हुन निर्देशन दिए ।

केन्द्रीय कमिटी बैठकले नेता अमृत बोहोरालाई एमाले सल्लाहकार परिषद्को अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ । बैठकले महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख निष्कर्ष निकालेको छ ।

महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन गर्दै बैठक आइतबार समापन हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ०० बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार