पहिलो चरणमै विजयी हुन्छु : देउवा « Khabarhub

पहिलो चरणमै विजयी हुन्छु : देउवा


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको दोस्रो पटक नेतृत्व लिन सभापतिमा उम्मेदवारी दिएका शेरबहादुर देउवाले आफू पहिलो चरणमै विजयी हुने विश्वास व्यक्त गरेका छन् । सभापतिमा ६ जना प्रतिस्पर्धी छ । विजय हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्ने कांग्रेस विधानको व्यवस्था भएकाले देउवाले पहिलो चरणमै ५० प्रतिशतभन्दा धेरै मत ल्याउने दाबी गरेका हुन् ।

उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जाँदा पक्कै पार्टीको बहुमत आउने दाबी गरे।

सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले सङ्घीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने बताए । पाकाहरूका होस् र युवाका जोसका आधारमा नेपाली कांग्रेसलाई अघि बढाउने उनले बताए ।

सभापतिका अर्का उम्मेदवार पूर्वमहामन्त्री प्रकाशमान सिंहले अवधारणामार्फत सभापतिमा आफ्नो उम्मेदवारी किन भन्ने यसअघि नै जानकारी गराइसकेको बताए। “देशभरकै महाधिवेशन प्रतिनिधिले तपाईँले महामन्त्री र उपसभापति भएर इतिहास रचिसक्नुभएको छ । यसपटक स्वभाविक सभापतिको उम्मेदवार हुनुपर्छ भनेकाले उम्मेदवारी दिएको हुँ”, उनले भने।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०० बजे

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल