दाङमा विद्युतीय सवारीको बिक्री सुरु, चार्जिङ स्टेशन स्थापना « Khabarhub

दाङमा विद्युतीय सवारीको बिक्री सुरु, चार्जिङ स्टेशन स्थापना


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा विद्युतीय कारको बिक्री वितरण सुरु भएको छ । पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएको बेलामा विश्वमा माग बढेको विद्युतीय विवाइडी कम्पनीको कार दाङमा आइपुगेको हो ।

तुलसीपुरमा रहेको टिम इलिभेन ग्रुपले पश्चिम नेपालका लागि आधिकारिक बिक्रेताको जिम्मा लिएसँगै नेपालगञ्जमा शोरुम निर्माण गरेर विद्युतीय कारको बिक्रीवितरण थालिएको ग्रुपका अध्यक्ष विमल पौडेलले जानकारी दिए। उनले प्रयोगकर्ताहरुले अत्यधिक रुचाएको विवाइडी ब्राण्ड अन्य कार भन्दा सस्तो शुलभ, टिकाउ तथा बलियो, आरामदायी भएको दाबी गरे।

उनले अहिले दाङ, नेपालगञ्जमा बिक्री खुला गरिसकेको र क्रमसः अन्य जिल्लामा पनि बिक्री थालिने बताए । फागुन महिना भित्रमा घोराही, लमही र सल्यानमा नयाँ बिक्री केन्द्र स्थापना गर्न लागेको उनले बताए ।

शनिबार विवाइडी कम्पनीको विद्युतीय कारको दाङबाट बिक्री सुरु गरिएको हो। विभिन्न मोडलका उक्त कारको अहिले पश्चिम नेपालमा मूल्य ४० लाखदेखि ६० लाख सम्मको रहेको पौडेलले जानकारी दिए ।

गाडी वातावरणमैत्री भएको हुँदा अत्यधिक रुचाइएको उनले बताए । विद्युतीय गाडी प्रयोगकर्ता विमल शर्माले चलाउन पनि सहज, खर्च पनि कम र आरामदायी यात्रा हुने बताए । मेघाहर्ज अनुसार चार्ज हुने र एक पटक फूल चार्च भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने पौडेलले जानकारी दिए ।

यसभन्दा पहिले इन्धन गाडी चलाएको र लामो अध्ययन गरेर उपयोगी देखेपछि विद्युतीय गाडी किनेको शर्माको भनाइ छ । उनले विद्युतीय गाडी अरु भन्दा सस्तो भएको र यसले मासिक रुपमा हुने खर्चसमेत कम गराउने बताए । ‘धेरै राम्रो लाग्यो’, उनले भने, ‘चलाउन नि सजिलो, लक्जरीयस रहेछ।

शनिबारदेखि दाङमा बिक्री सुरु भएको विवाइडी विद्युतीय कार जिल्लामा ४ वटा पुगेका छन्। वितरकहरुले यसको माग बढीरहेको र अडर अनुसार उपलब्ध गराउँदै आएको बताए ।

चार्जिङ सेन्टरको उद्घाटन

जिल्लामा विद्युतीय कार भित्रिएपछि त्यसका लागि विद्युतीय चार्ज सहज गराउन तुलसीपुरको दोघरेमा चाजिङ सेन्टर स्थापना गरिएको छ । ग्रुपका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा तथा तुलसीपुर नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई नारायणको प्रमुख आतिथ्यतामा सेन्टरको शुभारम्भ गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : १५ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको