दाङमा विद्युतीय सवारीको बिक्री सुरु, चार्जिङ स्टेशन स्थापना « Khabarhub

दाङमा विद्युतीय सवारीको बिक्री सुरु, चार्जिङ स्टेशन स्थापना


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा विद्युतीय कारको बिक्री वितरण सुरु भएको छ । पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएको बेलामा विश्वमा माग बढेको विद्युतीय विवाइडी कम्पनीको कार दाङमा आइपुगेको हो ।

तुलसीपुरमा रहेको टिम इलिभेन ग्रुपले पश्चिम नेपालका लागि आधिकारिक बिक्रेताको जिम्मा लिएसँगै नेपालगञ्जमा शोरुम निर्माण गरेर विद्युतीय कारको बिक्रीवितरण थालिएको ग्रुपका अध्यक्ष विमल पौडेलले जानकारी दिए। उनले प्रयोगकर्ताहरुले अत्यधिक रुचाएको विवाइडी ब्राण्ड अन्य कार भन्दा सस्तो शुलभ, टिकाउ तथा बलियो, आरामदायी भएको दाबी गरे।

उनले अहिले दाङ, नेपालगञ्जमा बिक्री खुला गरिसकेको र क्रमसः अन्य जिल्लामा पनि बिक्री थालिने बताए । फागुन महिना भित्रमा घोराही, लमही र सल्यानमा नयाँ बिक्री केन्द्र स्थापना गर्न लागेको उनले बताए ।

शनिबार विवाइडी कम्पनीको विद्युतीय कारको दाङबाट बिक्री सुरु गरिएको हो। विभिन्न मोडलका उक्त कारको अहिले पश्चिम नेपालमा मूल्य ४० लाखदेखि ६० लाख सम्मको रहेको पौडेलले जानकारी दिए ।

गाडी वातावरणमैत्री भएको हुँदा अत्यधिक रुचाइएको उनले बताए । विद्युतीय गाडी प्रयोगकर्ता विमल शर्माले चलाउन पनि सहज, खर्च पनि कम र आरामदायी यात्रा हुने बताए । मेघाहर्ज अनुसार चार्ज हुने र एक पटक फूल चार्च भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने पौडेलले जानकारी दिए ।

यसभन्दा पहिले इन्धन गाडी चलाएको र लामो अध्ययन गरेर उपयोगी देखेपछि विद्युतीय गाडी किनेको शर्माको भनाइ छ । उनले विद्युतीय गाडी अरु भन्दा सस्तो भएको र यसले मासिक रुपमा हुने खर्चसमेत कम गराउने बताए । ‘धेरै राम्रो लाग्यो’, उनले भने, ‘चलाउन नि सजिलो, लक्जरीयस रहेछ।

शनिबारदेखि दाङमा बिक्री सुरु भएको विवाइडी विद्युतीय कार जिल्लामा ४ वटा पुगेका छन्। वितरकहरुले यसको माग बढीरहेको र अडर अनुसार उपलब्ध गराउँदै आएको बताए ।

चार्जिङ सेन्टरको उद्घाटन

जिल्लामा विद्युतीय कार भित्रिएपछि त्यसका लागि विद्युतीय चार्ज सहज गराउन तुलसीपुरको दोघरेमा चाजिङ सेन्टर स्थापना गरिएको छ । ग्रुपका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा तथा तुलसीपुर नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई नारायणको प्रमुख आतिथ्यतामा सेन्टरको शुभारम्भ गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : १५ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा