टाउको दुःखाईको समस्या छ ? घरेलु खानपानबाटै यसरी हुन सक्छ बिसेक « Khabarhub

टाउको दुःखाईको समस्या छ ? घरेलु खानपानबाटै यसरी हुन सक्छ बिसेक


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आजकल टाउको दुख्ने समस्या आम समस्या बनेको छ । गर्मी, कामको चाप, चिन्ता तथा अन्य कारणले पनि टाउको दुख्ने गर्दछ ।

सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै आफखुसी पेन किलर किनेर खाने गर्दछन् । तर यस प्रकारको औषधी सेवनले स्वास्थ्यमा विस्तारै गम्भीर असर देखा पर्दछ । तसर्थ टाउको दुखाईबाट बच्न घरेलु उपाय अपनाउनु राम्रो हुन्छ ।

१. अदुवाको चिया
अत्यन्त धेरै टाउको दुख्यो भने अदुवा हालेको चिया पिउनु लाभदायक हुन्छ । अदुवामा हुने एन्टी–इन्फ्लेमेटरी तत्वले दुखाई लाई कम गराउँन भुमिका निर्वाह गर्दछ ।

२. कफि
टाउको दुख्ने समस्याबाट राहत पाउन कफिको सेवन पनि उपयोगी हुन्छ । कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । यसले पेन किलरको काम गर्छ ।

३. मसाज
पटकपटक टाउको दुख्ने समस्या छ भने टाउकोलाई तेलले मसाज गर्नु पर्दछ । मसाज गर्दा कपालको जरासम्म तेल लगाएर हल्का पटक पटक टाउको दुख्ने समस्याबाट लाभ मिल्दछ ।

४. गाईको दूध 
यदि औषधी सेवनले समेत टाउको दुखाई नियन्त्रण भइरहेको छैन भने नियमित गाईको दूध पिउनुहोस् । मन तातो दूध पिउँदा टाउको दुख्ने समस्या विस्तारै कम हुँदै जान्छ ।

५. पानी 
साधारण टाउको दुखाईबाट राहत पाउन एक गिलास पानी पनि उपयोगी हुन्छ । अझ मनतातो पानीमा कागतीको रस हालेर पिएमा टाउको दुखाई बिस्तारै कम हुँदै जान्छ ।

६. चिनी र धनियाँ
रुघाखोकी वा ज्वरोका कारण टाउको दुखेको खण्डमा चिनी र धनियाँको पाउडर मिसाएर बनाएको एक गिलास पानीको घोल पिउँदा तत्काल आराम मिल्दछ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : ४५ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट