अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग दर्ता « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग दर्ता


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन  हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको छ ।

डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार  संसदमा आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।

प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।

उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुन सक्ने बीबीसीले जनाएको ।

हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।

आपराधिक गतिविधिको मतियार बनेको भन्दै डेमोक्र्याटहरूले जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्न चाहेका छन् ।

त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिएका छन् ।

यो प्रक्रिया सफल भएमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ ।

उपराष्ट्रपति पेन्स ट्रम्पलाई हटाउन तयार नभएमा महाभियोग प्रस्तावमा बुधवार छलफल सुरु हुने जनाइएको छ ।

तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषि ठहर्‍याउने या नठहर्‍याउने भन्ने विषय माथिल्लो सदन सिनेटमा प्रस्तुत हुनेछ। ट्रम्पमाथि महाअभियोग लगाइएको यो दोस्रो पटक हो।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : २५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर