कतारमा काम गरेका १४ नेपालीको ४४ लाख रूपैयाँ स्वदेश फर्केपछि भुक्तानी « Khabarhub

कतारमा काम गरेका १४ नेपालीको ४४ लाख रूपैयाँ स्वदेश फर्केपछि भुक्तानी


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारको दुई कम्पनीबाट १४ जना नेपाली श्रमिकले  पाउनुपर्ने बाँकी तलव उठाएर नेपाल पठाइएको छ ।

विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाखभन्दा बढी रकम नेपाल पठाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

१२ जना अल बन्दारी ईञ्जिनियरिङ कम्पनीमा काम गरेकाहरु तथा अन्य दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेका नेपालीहरूको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुले तलव सुविधा लगायत नियमानुसार प्राप्त गर्नुपर्ने बाँकी १ लाख ४४ हजार ६९ कतारी रियाल कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको दूतावासले जनाएको छ ।

रकम कन्सुलर सेवा विभागबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट सजिलै प्राप्त गर्न सकिने दूतावासले जनाएको छ ।

अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेर नेपाल फर्किएकाहरुमा प्यूठानका रमला बुढामगर, बाँकेका रियाज अहमद खान र ईशरायल नाउ, झापाका सञ्च कुमार लिम्वू, संखुवासभाका रोशन थापाको रकम नेपाल पठाइएको छ ।

यस्तै सल्यानका रेवन्त विक र हेमराज रोक्का, खोटाङका राजु तामाङ, तनहुँका गण्ट बहादुर गुरुङ, धनुषाका शत्रुधन यादव तथा अशोक कुमार मण्डल र रूकुमका नैनवीर विकेले पारिश्रमिक बापत पाउनुपर्ने रकम स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

यसैगरी अल डल्ला क्लीयरिङमा काम गरेका दोलखाकी फूलमाया तामाङ र भोजपुरका सञ्जय सुतार कार्कीको रकम पनि पठाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ४१ बजे

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन