अस्थायी मोटरेबल पुल निर्माण « Khabarhub

अस्थायी मोटरेबल पुल निर्माण


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन्  ।

स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा   पुल निर्माण भएको हो ।

नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व.मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले संयूक्त रुपमा उद्घाटन गरे ।

पुल निर्माण भएसँगै गाउँगाउँमा उत्पादित तरकारी  बजारसम्म लैजानका लागि सहज भएको छ ।

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरूको भनाइ छ ।

पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५  पुल निर्माणमा खर्च  भएको बताए ।

घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ५५ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।