माघे संक्रान्तिका लागि यसरी बनाइँदैछ चाकु (फोटो फिचर) | Khabarhub Khabarhub

माघे संक्रान्तिका लागि यसरी बनाइँदैछ चाकु (फोटो फिचर)



काठमाडौँ–  माघ १ गते माघे संक्रान्तिका दिनलाई नेवार समुदाय ‘घ्य:चाकु संल्हू’ का रुपमा मनाउँछन्। यो दिन चाकुसँगै घ्यु खाने र ठूलाको हातबाट तेल लगाउने र घाम ताप्ने गरिन्छ। घ्यु चाकु खाँदा शरीरलाई ताप मिल्नुका साथै शक्ति मिल्ने विश्वास छ।

माघ नजिकिँदै गर्दा चाकुको माग ह्वात्तै बढ्छ। काठमाडौँमा चाकु बनाउने प्रसिद्ध ठाउँ हो टोखा । जहाँ अहिले चाकु बनाउन भ्याइनभ्याइ छ ।

कुनै बेला चीनको तिब्बतसम्म जाने मार्गको रुपमा रहेको टोखा चाकुको लागि निकै प्रख्यात छ। टोखाको नाम चाकुको आविस्कारसँगै जोडिएको छ।

टोखालाई नेपाल भाषामा ‘तुख्य:’ भनिन्छ। ‘तु’ अर्थात ‘उखु’ र ‘ख्य:’ भनेको ‘खुला ठाउँ’।

पहिले उखु पनि टोखामा नै उत्पादन हुने गरेको थियो । तर अहिले तराईबाट ल्याएको उखुको चाकु बन्ने गर्दछ । उखु र सख्खर तराईबाटै ल्याउने गरिएको छ ।

चाकु नेपालको मौलिक उत्पादन हो। अहिले यहाँको चाकु विदेशमा पनि निर्यात हुन्छ।

तस्वीरमा हेर्नुहोस् चाकु बनाउने चटारो

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ३५ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४