माघे संक्रान्तिका लागि यसरी बनाइँदैछ चाकु (फोटो फिचर) « Khabarhub

माघे संक्रान्तिका लागि यसरी बनाइँदैछ चाकु (फोटो फिचर)



काठमाडौँ–  माघ १ गते माघे संक्रान्तिका दिनलाई नेवार समुदाय ‘घ्य:चाकु संल्हू’ का रुपमा मनाउँछन्। यो दिन चाकुसँगै घ्यु खाने र ठूलाको हातबाट तेल लगाउने र घाम ताप्ने गरिन्छ। घ्यु चाकु खाँदा शरीरलाई ताप मिल्नुका साथै शक्ति मिल्ने विश्वास छ।

माघ नजिकिँदै गर्दा चाकुको माग ह्वात्तै बढ्छ। काठमाडौँमा चाकु बनाउने प्रसिद्ध ठाउँ हो टोखा । जहाँ अहिले चाकु बनाउन भ्याइनभ्याइ छ ।

कुनै बेला चीनको तिब्बतसम्म जाने मार्गको रुपमा रहेको टोखा चाकुको लागि निकै प्रख्यात छ। टोखाको नाम चाकुको आविस्कारसँगै जोडिएको छ।

टोखालाई नेपाल भाषामा ‘तुख्य:’ भनिन्छ। ‘तु’ अर्थात ‘उखु’ र ‘ख्य:’ भनेको ‘खुला ठाउँ’।

पहिले उखु पनि टोखामा नै उत्पादन हुने गरेको थियो । तर अहिले तराईबाट ल्याएको उखुको चाकु बन्ने गर्दछ । उखु र सख्खर तराईबाटै ल्याउने गरिएको छ ।

चाकु नेपालको मौलिक उत्पादन हो। अहिले यहाँको चाकु विदेशमा पनि निर्यात हुन्छ।

तस्वीरमा हेर्नुहोस् चाकु बनाउने चटारो

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ३५ बजे

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद