‘हेल्मेट शिक्षक’लाई कारवाही गर्छु- उपकुलपति प्रा.डा सिंह « Khabarhub

‘हेल्मेट शिक्षक’लाई कारवाही गर्छु- उपकुलपति प्रा.डा सिंह


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भने, ‘आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्वविरुद्ध जुलुस गर्न लगाउन केही गलत प्रवृतिका शिक्षकका कारण शैक्षिक उन्नयनमा विभिन्न समस्या सिर्जना हुँदै आएको छ ।’

विश्वविद्यालयको १०औँ सिनेटले यहाँ अध्यापनरत शिक्षकलाई सात घण्टा पढाउने निर्णय गरिसकेको छ ।

यही पुस २६ गते मौका परीक्षा दिन पाउनुपर्छ भन्दै मध्यपश्चिम इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेपछि सिंहले यस्तो चेतावनी दिएका हुन् ।

तोडफोडको घटनामा संलग्न विद्यार्थी र नियोजित ढङ्गले विद्यार्थी उक्साउने शिक्षकलाई चिनिसकिएकाले उनीहरुलाई सार्वजनिक सम्पतिमाथि तोडफोड गर्ने कसूरमा सार्वजनिक मुद्दा लगाउने पनि उनले बताए ।

मध्यपश्चिम विश्वविद्यालयलाई दुहुनो गाई बनाएर रु.७६ करोड बेरोजु लगाउने मान्छेहरुले नै अस्तव्यस्त बनाएको उनको आरोप छ ।

उपकूलपति प्रा.डा सिंहले भने, ‘व्यवहारिक माग भए त्यसको समाधान र सुनुवाइ गर्न छुट्टै समिति बनाइएको छ । वार्तामा आउनुस्, हुने कुरा हुन्छ र नहुने कुरा हुँदैन । तर, कुनै पनि गलत कुरामा सम्झौता हुँदैन ।’

विश्वविद्यालयमा अध्यापन शिक्षक नै तोडफोड गराउने र विद्यार्थी भड्काएर निजी कलेजमा भर्ना गर्न लगाउने शिक्षकको विवरण आइसकेको उल्लेख गर्दै उनले त्यस्ता गलत शिक्षकलाई बेलैमा सुध्रिन अन्यथा कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १ : २० बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा