मेक्सिकोमा दुई चिनियाँ खोप प्रयोगको स्वीकृति « Khabarhub

मेक्सिकोमा दुई चिनियाँ खोप प्रयोगको स्वीकृति


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ ।

मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् ।

कोरोना भाइरस संक्रमणले जनजीवन तहसनहस भइरहेकाले खोप स्वीकृतको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए ।

महामारी नियन्त्रण संयोजन समितिका प्रवक्तासमेत रहेका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलन गरी दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिए ।

क्यानसिनो र सिनोभ्याकको कोरोनाभ्याकका अलाबा मेक्सिकोले अरु तीनवटा खोपलाई पनि मान्यता प्रदान गरिसकेको छ ।

मेक्सिकोको नियामक निकायले हालसम्म फाइजर, अस्ट्राजेनिका र रसियाका स्पुतनिक भीलाई मान्यता दिइसकेको छ ।

गत डिसेम्बरको अन्त्यतिर मेक्सिकोले खोपलाई मान्यता दिएको थियो । दक्षिण अमेरिकामा चिली र कोस्टारिकाले पनि खोप अनुमति दिइसकेका छन् ।

तर मेक्सिकोमा हालसम्म फाइजरको खोप मात्र प्रयोगमा आएको छ । हालसम्म उक्त खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र मुलुकको दक्षिणी क्षेत्रका शिक्षकहरुलाई दिइसकेको छ ।

मेक्सिकोमा अस्ट्राजेनिकाको खोप भने गत जनवरीमा आइपुगेको छ । यो खोप स्थानीय तहसम्म वितरण र दक्षिण अमेरिकी मुलुकहरुमा आगामी मार्चसम्ममा पुगिसक्ने अनुमान गरिएको छ ।

कोरोना संक्रमणबाट धेरै प्रभावित मुलुकहरूको सूचीमा मेक्सिको तेस्रो नम्बरमा छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : १५ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर