मेक्सिकोमा दुई चिनियाँ खोप प्रयोगको स्वीकृति « Khabarhub

मेक्सिकोमा दुई चिनियाँ खोप प्रयोगको स्वीकृति


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ ।

मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् ।

कोरोना भाइरस संक्रमणले जनजीवन तहसनहस भइरहेकाले खोप स्वीकृतको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए ।

महामारी नियन्त्रण संयोजन समितिका प्रवक्तासमेत रहेका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलन गरी दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिए ।

क्यानसिनो र सिनोभ्याकको कोरोनाभ्याकका अलाबा मेक्सिकोले अरु तीनवटा खोपलाई पनि मान्यता प्रदान गरिसकेको छ ।

मेक्सिकोको नियामक निकायले हालसम्म फाइजर, अस्ट्राजेनिका र रसियाका स्पुतनिक भीलाई मान्यता दिइसकेको छ ।

गत डिसेम्बरको अन्त्यतिर मेक्सिकोले खोपलाई मान्यता दिएको थियो । दक्षिण अमेरिकामा चिली र कोस्टारिकाले पनि खोप अनुमति दिइसकेका छन् ।

तर मेक्सिकोमा हालसम्म फाइजरको खोप मात्र प्रयोगमा आएको छ । हालसम्म उक्त खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र मुलुकको दक्षिणी क्षेत्रका शिक्षकहरुलाई दिइसकेको छ ।

मेक्सिकोमा अस्ट्राजेनिकाको खोप भने गत जनवरीमा आइपुगेको छ । यो खोप स्थानीय तहसम्म वितरण र दक्षिण अमेरिकी मुलुकहरुमा आगामी मार्चसम्ममा पुगिसक्ने अनुमान गरिएको छ ।

कोरोना संक्रमणबाट धेरै प्रभावित मुलुकहरूको सूचीमा मेक्सिको तेस्रो नम्बरमा छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : १५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको