यो हो लुकीलुकी रक्सी पिउने मुसो « Khabarhub

यो हो लुकीलुकी रक्सी पिउने मुसो


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको एउटा ठाउँमा मुसाले रक्सी पिएको अनौठो घटना बाहिर आएको छ ।

बिहारमा मुसाले रक्सी पिएको घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटना बिहारको कैमूर जिल्लाको हो । जिल्लामा रक्सीमा प्रतिबन्ध लगाएपछि पनि बजारबाट रक्सी बरामद गरिएको थियो । बरामद गरी नष्ट गर्न भनेर राखिएको रक्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

कैमूरको एउटा गोदाममा सन् २०१६ देखि जफत गरिएको रक्सी राखिएको थियो । एकदिन जफत गरिएको रक्सी नष्ट गर्ने कार्यक्रम थियो ।

नष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको रक्सी मुसाले पिएका रहेछन् ।

जिल्ला प्रशासन कार्यालयले झण्डै ३० लाख भारतीय रुपैयाँ बराबरको ११ हजार लिटर रक्सी नष्ट गरेको थियो । रोलरले थिचेर विभिन्न ब्राण्डका रक्सी नष्ट गरिएको थियो ।

जाँच निरीक्षक प्रदीप कुमारका अनुसार जफत गरिएको रक्सी एउटा गोदाममा राखिएको थियो । उनका अनुसार १० हजार भारतीय रुपैयाँ बराबरको रक्सी मुसाले नष्ट गरेको हो । लिक भएका रक्सीका बोतलबाट मुसाले रकसी पिउने खुलासा भएको हो ।- एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : ४० बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ