कोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा ब्यापारिक केन्द्र बन्द « Khabarhub

कोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा ब्यापारिक केन्द्र बन्द


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा सामाजिक दूरीलगायतका कोभिड- १९ प्रोटोकलको पालना नगरी भीडभाड गर्ने सफारी मललगायतका ६  ब्यापारिक केन्द्र बन्द गरिदिएको छ ।

कतारको वाणिज्य र उद्योग मन्त्रालयले केही स्टोर र प्रतिष्ठानहरूले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम उल्लंघन गरेपछि कारबाही गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा  पर्ल-कतार, अल वाक्राको होम सिटी, अबु हम्मूरको सफारी मल्ल, ऐन खालिदमा डाइटर परामर्श, सौक वाकिफको एन्नाबी क्याफेटेरिया ९२ र पुरानो एयरपोर्ट क्षेत्रको अल रवानाक ट्रेडिंग कम्पनी छन् ।

मन्त्रालयले यसअघि नियम उलङ्घन नियन्त्रण गर्न आफ्नो निरीक्षण अभियान तीव्र पार्ने बताइसकेको थियो । मन्त्रालयले सबै नागरिक र बासिन्दालाई दर्ता र व्यावसायिक इजाजतपत्र, वा सावधानी र रोकथाम उपायहरूको उल्लंघन गरेको देखेमा मन्त्रालयलाई रिपोर्ट गर्नसमेत आग्रह गरेको छ ।

कतारले कोरोना संक्रमण बढेसंगै कोभिड सुरक्षा सावधानीका नियमहरू गत हप्ता फेरि लागू गरेको छ ।

सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण पालना गर्न कतारमा कार्यरत नेपाली श्रमिकलाई नेपाली दूतावासले पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : ४५ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ