घट्यो पल्सर बाइकको मूल्य « Khabarhub

घट्यो पल्सर बाइकको मूल्य


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ ।

बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ ।

नेपालमा बिक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ ।

कम्पनी व्यवस्थापनका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आए पनि उत्पादक कम्पनीसँग नै पहल गरेर पल्सर १५० मा मूल्य घटाइएको हो ।

यसअघि २ लाख ६५ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको पल्सर १५० अब नयाँ मूल्य अनुसार २ लाख ६३ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण सुरु भएको छ ।

यस्तो छ पल्सर १५०

सन् २००१ मा नेपाल आएको पल्सर १५० डिजाइनको कारण नै निकै चर्चामा रहन सफल भएको थियो । कम्पनीले हरेक वर्ष यसको डिजाइनमा केहि न केहि परिमार्जन गर्दै आइरहेको छ ।

विशेषत युवा लक्षित डिजाइनमा आएको पल्सर १५० मस्कुलर र स्पोर्टी लुक्सको कारण नै यसमा ग्राहकको आकर्षण बढेको हो । यसमा दिइएको स्टाइलिस हेडल्याम्प, मस्कुलर फ्यूल ट्याङ्कको कारण यसको लोकप्रियता बढ्दै गएको हो ।

यसमा रहेको सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोल, क्लीप अन ह्यान्डलबार, इन्जिन किल स्वीच, ट्यूवलेस टायर, डिसी हेडल्याम्प जस्ता फिचरलाई ग्राहकले धेरै रुचाएको पाइन्छ ।

पल्सरको सफलतासँग जोडिएको अर्को विषय यसमा रहेको डिटिएसआई इन्जिन हो । यसमा रहेको १४९ सीसी क्षमताको १५.१ पीएस पावर र १२.५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । कम सीसीमा धेरै पावर भएको मोडलमा पल्सर १५० पर्दै आएको छ ।

पल्सर १५० माइलेजको कारण पनि धेरैको रोजाइमा पर्दै आएको छ । यसमा रहेको डिटिएसआई टेक्नोलोजीले यसको माइलेजलाई निकै मजबुद बनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ४३ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन