प्रिन्सले बनाए कंकालको गितार ! « Khabarhub

प्रिन्सले बनाए कंकालको गितार !


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–अमेरिकी संगीतकार प्रिन्स मिडनाइटको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मानिसहरु संगीतकार प्रिन्सभन्दा पनि उनले बजाउदै गरेको गितार देखेर चकित परेका छन् । कतिपयले गितारको कथा सुनेर विश्वास नै गर्न सकेका छैनन् । यो गितारको कथा सुन्दा जोकोहीका आँखा ठूला हुन्छन् ।

संगीतकार प्रिन्स आफ्नो अनौठो ‘हेभी मेटल म्यूजिक’ स्टाइलका लागि चिनिन्छन् । उनी यो स्टाइलको श्रेय काकालाई दिन्छन् । केही समयअघि मात्र प्रिन्सका काकाको निधन भएको थियो । यसबाट आहत प्रिन्सले उनलाई फरक किसिमले श्रद्धाञ्जली दिनुपर्ने ठाने । त्यहीकारण उनले काकाको कंकाललाई पूर्ण रुपमा इलेक्ट्रिक गितारमा बदले ।

उनले एक भिडियो युट्युबमा राखेका छन् । जहाँ प्रिन्स निकै सजिलो किसिमले गितार बजाइरहेका छन् । गितारका लागि प्रिन्सले कंकाललाई बेसको रुपमा प्रयोग गरे, जसमा स्ट्रिंग, भोल्युम नब, गितार नेक, ज्याक, पिकअप र इलेक्ट्रोनिक बोर्ड लगाइएको छ ।

‘मैले काकाको कंकालबाट गितार बनाउने निर्णय त लिएँ, तर यो निकै चुनौतीपूर्ण काम थियो । मैले धेरै अनुसन्धान गरें र आजसम्म कसैले कंकालको गितार नबनाएको थाहा पाएँ’, उनले भनेका छन् । उनले कंकालको गितार बनाउने योजना दुई साथीलाई सुनाउँदा उनीहरु छाँगाबाट खसेजस्तै भएको बताए ।

प्रिन्सको काकाको मृत्युपछि उनको कंकाल मेडिकल कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षाका लागि हस्तान्तरण गरिएको थियो । जब कलेजमा यो कंकालको काम सकियो, त्यसपछि काकाको परिवार उनको अन्तिम संस्कारको लागि तयार भएनन् । त्यही मौकामा उनले काकाको सम्झनालाई जीवन्त बनाउन कंकालको गितार बनाउने निर्णय लिए ।
–एजेन्सी

 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १२ : ०५ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ