नियमित स्वास्थ्य चेकजाँचका लागि नेता खनाल दिल्ली प्रस्थान « Khabarhub

नियमित स्वास्थ्य चेकजाँचका लागि नेता खनाल दिल्ली प्रस्थान


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए।

नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने उनले बताए । नेता खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार हुनेछ ।

केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ।

खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १२ : ०१ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो