सनीको ‘अनामिका’ सेटमा तोडफोड « Khabarhub

सनीको ‘अनामिका’ सेटमा तोडफोड


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री सनी लियोनी हाल निर्देशक विक्रम भट्टको वेब सिरिज ‘अनामिका’मा व्यस्त छिन् । सिरिजको छायांकनसँगै यसबारे विवाद सुरु भएको छ । सुटिङ सेटमा हालै आएका केही व्यक्तिले निर्देशक विक्रमसँग ३८ लाख रुपैंयाँ माग गर्दै तोडफोड गरेका छन् ।

समाचारअनुसार निर्देशक विक्रमले यसअघि एक्सन निर्देशक अब्बास अली मोघलसँग गर्दाको उनको पारिश्रमिक दिएका थिएनन् । त्यही पारिश्रमिकको माग गर्दै केही व्यक्तिले सुटिङ सेटमा तोडफोड गरेका हुन् ।

विक्रमले यो विवादका कारण वेब सिरिजको पुरा दिन छायांकन गर्न नसकिएको बताए । यो घटनाबाट चिन्तित बनेका विक्रम एक्सन निर्देशक अब्बासका विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा छन् । अब्बासले भने फाइटर एशोसिएसनले यो विवादलाई हेरिरहेकाले उसैले सुल्झाउने बताए ।

सनीविरुद्ध केही समय अघि आर्थिक हिनामिनाको आरोप लागेको थियो । एक इभेन्ट प्रवद्र्धन कम्पनीसँग पारिश्रमिक लिएर कार्यक्रममा नपुगेको आरोप लागेपछि उनीविरुद्ध अदालतमा मुद्धा परेको थियो । तर अदालतले उनलाई जमानत दिएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १ : ३५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय