आगामी शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी « Khabarhub

आगामी शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको छ ।

अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि कोरोना जस्ता महामारीमा नेपाल सरकारले शैक्षिक सत्रलाई कसरी र कहिलेबाट सुरू गर्ने भन्ने कुराको उल्लेख हुने शिक्षा मन्त्रालयका एक कर्मचारीले बताए ।

उनले भने, ‘आगामी शैक्षिक सत्रालाई असारबाट सुरू गर्नेगरी शिक्षा मन्त्रालयले तयारी गरिरहेको छ । शिक्षा मन्त्रालयले शैक्षिक सत्रलाई आगामी असारबाट सुरू गर्ने तयारी गरेसँगै यो वर्षको शैक्षिक सत्र लम्बिने पक्कमा भएको छ ।’

कोभिड–१९ का कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रले कोरोना संक्रमण न्यून भएसँगै पुरानै लय समात्ने मन्त्रालयको विश्वास छ ।

एसईई जेठमा हुने

सरकारले आगामी असारबाट नयाँ शैक्षिक सत्र सुरू गरे यस वर्षको एसईई परीक्षा आगमी जेठ महीनामा हुने राष्ट्रिय परीक्षा बोर्डका (माध्यामिक शिक्षा) परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

उनले भने, ‘एसईईको परीक्षा राष्ट्रिय स्तरबाट गर्ने निर्णय भएको सुन्नमा आएको छ । तर हामीलाई शिक्षा मन्त्रालयले निर्णय भने पठाइसकेको छैन् ।’

‘आगमी शैक्षिक सत्र पनि असारबाट हुन्छ भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने ।

परीक्षाको लागि प्रश्नपत्र छाप्ने, परीक्षा केन्द्र तोक्ने लगायत विभिन्न काम गर्नको लागि कम्तिमा पनि तीन महीना लाग्ने भएका कारण एसईई आगामी वर्षको जेठ सम्ममा हुने उनको भनाइ छ ।

उनले भने, ‘शिक्षा मन्त्रालयले एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेपनि राष्ट्रियस्तरमा परीक्षा हुने भएपछि हामी त्यसको तयारी गरिरहेका छौँ ।’

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १ : ५० बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो