पूर्वबाट सुरू भएको मेला–महोत्सवको माहोल « Khabarhub

पूर्वबाट सुरू भएको मेला–महोत्सवको माहोल


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– गत वर्षको अन्त्य देखिनै मेला–महोत्सवहरु लागेका छैनन् । चैत महीनादेखि त लकडाउन नै भएपछि सामुहीक रुपमा गरिने र मनाईने सवै गतिविधि ठप्प भए ।

कोरोना भाईरसको महामारीका कारण सरकारले संघारमै आई सकेको पर्यटन वर्ष २०२० समेत स्थगित गर्‍यो । हिउँदको समयमा देशका विभिन्न ठाउँ तथा विदेशमा आयोजना हुने मेला महोत्सवहरुलाई कलाकारहरुलाई भ्याई नभ्याई हुने गरेको थियो ।

कलाकारहरुको आम्दानीको मुख्य श्रोत पनि यहि थियो । तर महामारीले आम्दानीको श्रोत गुमे पछि नाम चलेका कलाकारहरुले समेत वैकल्पिक पेशा रोज्नु परेको खबर आइरहेका छन् । अन्य बेला चलचित्रमा समेत समय दिन नसक्ने व्यस्त र महङ्गा भनिएका कलाकारहरु पनि म्युजिक भिडियोमा देखिनु पर्ने अवस्था आयो । तर अहिले क्रमशः मेला महोत्सव लाग्ने क्रम सुरू भएसँगै कलाकारहरुले पनि स्टेज पाउन थालेका छन् ।

पूर्वबाट चहल पहल सुरू
ठुला जमघट र उत्सवहरु शुन्य बनि रहेको बेला पूर्वी नेपालबाट चहल पहल सुरू भएको छ । कोरोनाका कारण धेरै जसो चाडपर्वहरु समेत घरैमा सिमित बनि रहेको समयमा झापामा गएको पुस अन्तिम साता झापामा भक्का दिवसको आयोनजा गरियो ।

पुस २९ गते विर्तामोडमा कोचिला गाभुर फ्रण्टले कोच समुदायको परम्परागत परिकार ‘भक्का’ को प्रवद्र्धनका लागि कार्यक्रम गरेको भए पनि कलाकारहरु पनि स्टेजमा झुल्किए । झण्डै एक वर्ष निसासिएको अवस्थामा रहन बाध्य कलाकार र श्रोता–दर्शक एकसाथ भेट हुँदाको माहोलले कोरोनाको त्रास एक दिन भए पनि बिर्साएको थियो ।

विर्तामोडमा एक दिनको कार्यक्रम भए लगत्तै माहोल क्रमिक तातियो । झापाकै दमकमा धिमाल जातिय विकास केन्द्र ५ दिनको फुड फेष्टबलनै आयोजना गर्‍यो । माघ २७ देखि फागुन १ गतेसम्म ५ दिन चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गरिएको हो ।

फेष्टिबल आयोजक समिति संयोजक शान्तिदेवी धिमालका अनुसार फेष्टिबलमा २० ओटा स्टल रहेका छन् । ति स्टलमा विभिन्न जातिय खानाहरु विक्रि तथा प्रदर्शनका लागि राखिएको छ । फेष्टिबलमा दैनिक चर्चित कलाकारहरुको उपस्थितीले कलाकार र सर्वसाधारण अहिले मेला–महोत्सवको धित मेटिरहेका छन् ।

फेष्टिबलको प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे । उद्घाटन मात्र गरेनन्, कार्यक्रममा चिचिरी तथा गेन्द्रो चाख्दै मन्त्री कार्कीले यस्ता परिकारहरुको व्यवसायीक प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने आश्वासन दिए । यसले पनि के संकेत गरेको छ भने, अब क्रमिक रुपमा मेला महोत्सव तथा जमघटका कार्यक्रमहरुले गति पाउने छन् । सरकार आँफै उपस्थित भएर कार्यक्रमहरुलाई सहयोग गर्न थालेको छ ।

कलाकारले पाए स्टेज
लामो समयसम्म स्टेज पाउन नसकेका कलाकारहरु पनि स्टेजमा उक्लिन पाउँदा उत्साहि देखिएका छन् । धिमाल फुड फेष्टिबलमा आएका हाँस्य कलाकार राजा राजेन्द्रले व्यङ्ग्यकै शैलीमा भने, ‘कोरोनाले हामी सवैलाई घरमा थुनेको थियो, खोप सुरू हुन साथ यतिको जमघट गर्न थालि हाल्यौं, नेपालीले चान्स पायो भने गर्छ ।’

त्यसो त उनी मात्र होईन, रचना रिमाल, अस्मिता अधिकारी, मेचू धिमाल लगायतका कलाकारले पनि लामो समय पछि दमकबाट आफ्ना श्रोत–दर्शकसँग साक्षातकार गर्न पाएका छन् । कलाकारहरु मनोज गजुरेल, मिलन नेवार लगायत एक दर्जन भन्दा बढि कलाकारहरुका कारण दमकमा अहिले महोत्सवको माहोल बनेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  २ : ३६ बजे

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन