‘मिस्टर सुप्रा स्टार सर्च’को टप थ्रीमा सन्तोष « Khabarhub

‘मिस्टर सुप्रा स्टार सर्च’को टप थ्रीमा सन्तोष


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१९’ का विजेता डा. सन्तोष उपाध्याय अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुप्रा स्टार सर्च’को टप थ्रीमा पुगेका छन् । यो प्रतियोगितामा ३७ देशका प्रतियोगी सहभागी छन् ।

डिजिटल राउण्डको अन्तिम तीनमा उनीसँगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी छन । अनलाइन भोटिङमार्फत छानिने यस प्रतियोगितामा प्रतियोगीले निर्णायकबाट ४० प्रतिशत र भोटिङमार्फत ६० प्रतिशत अंक पाउनुपर्ने हुन्छ । मतदाताले आगामी सोमबारसम्म भोट गर्न पाउनेछन् । भोटमार्फत आफु र नेपालला अगाडी बढाउन आग्रह गरेका छन् ।

सन्तोषले आफूलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । ‘यो प्रतियोगितामा उपाधि जित्नका लागि मैले निकै मेहनत गरेको छु । दर्शकको भोटले मलाई उपाधि जित्ने बाटोमा अघि बढ्न थप सहयोग पुग्नेछ’, उनी भन्छन् । पेशाले चिकित्सक डा. सन्तोष चित्रकला, खेलकुद तथा सामाजिक अभियानमा सक्रिय छन् ।

वर्षेनी पोल्याण्डमा हुने यो प्रतियोगिता सन् २०२० मा कोभिडका कारण हुन नसकेपछि यसै वर्षको जुलाई अगष्टमा सम्पन्न हुँदैछ । सबै देशहरुसँग यो प्रतियोगिताको फ्रेञ्चाइजी नभएकाले यो वर्ष फ्रान्चाइज नभएका राष्ट्रहरुको पनि संलग्नता होस् भन्ने हेतुले मिस्टर सुप्रान्यासनलले ‘मिस्टर सुप्रा स्टार सर्च’ भर्चुअल रुपमा गरेको हो ।

यो प्रतियोगताका विजेताले पुनः ‘मिस्टर सुप्रा नेसनल’मामा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ३ : ०० बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८