गोरखाका १० हजार बढी विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण « Khabarhub

गोरखाका १० हजार बढी विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– सम्भव नेपालले गोरखाको चुमनुब्री गाउँपालिकाका एकहजार ४ सय १२ जना विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री बितरण गरेको छ । चुमुनब्री गाउँपालिका–३ सिर्दीबासमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सामग्री बितरण गरेको हो ।

चमुनब्रीबाट सुरु भएको उक्त कार्यक्रम गोरखाको तीनवटा गाउँपालिकाका ८८ वटा विद्यालयमा संचालन हुने संभव नेपालका अध्यक्ष प्रेम खत्रीले बताए ।

धार्चे गाउँपालिकाका २५ वटा विद्यालयका चारहजार २०, भिमसेन थापा गाउँपालिकाका ४३ वटा विद्यालयका पाँच हजार तीन सय विद्यार्थीसहित १० हजार छ सय ९३ जना विद्यार्थीलाई सामाग्री बितरण गरिने अध्यक्ष खत्रीले बताए । ‘चमुनब्री गाउँपालिका मार्फत सबै वडाका विद्यालयलाई विहीबार हस्तान्तरण भएको छ’ उनले भने ‘केही समयमा सबैतिर बितरण गर्छौ ।’

विद्यार्थीलाई ट्रयाक्सुट, टोपी, स्कुल ब्याग र होमवर्क डायरी बितरण गरिएको छ । एउटा विद्यार्थीका लागि करिब एकहजार सात सय रुपैयाँ बराबरको सामग्री बितरण गरिएको उनले बताए । सिर्दीबासमा चुमनुब्री गाउँपालिकामा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले दुर्गम क्षेत्रका सबै विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री दिनु प्रभावकारी भएको बताए ।

उनले विद्यालय तहमा शिक्षा राम्रो दिन सकियो भने भविष्यमा विद्यार्थीको भविष्य उज्जवल हुने बताए । कांग्रेसका गोरखा सभापति हरिबहादुर घलेले शिक्ष बिना उत्तरी गोरखाको विकास नहुने बताए ।

सम्भव नेपालका संस्थापक अध्यक्ष खत्रीले केही वर्षपछि विद्यालयका विद्यार्थीलाई अहिले दिएजस्तै पोशाक सहितको सामग्री सहयोग गर्ने बताए । होमवर्क डायरीले विद्यार्थी, शिक्षक, र अविभावकलाई पनि उत्तरदायी बनाउने हुँदा बालवालिकाको शिक्षा दिक्षामा सहयोग पुग्ने उनले बताए ।

निजी विद्यालयमा भएको अभ्यास सरकारी विद्यालयका बालवालिकामा पनि सिकाउने सक्ने हो भने गुणस्तर बढाउन र अविभावक शिक्षकलाई थप जिम्मेवारी बनाउन मद्दत पुग्ने उजले बताए ।

वुद्ध मावि सिर्दिबासका विद्यार्थीलाई पनि बिहीवार नै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, सहयोगदाता संभव नेपालका अध्यक्ष प्रेम खत्रीले हस्तान्तरण गरे । अन्य वडाका विद्यालयको शैक्षिक सामग्री भने कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङलाई हस्तान्तरण गर्दै गाउँपालिकालाई जिम्मा लगाइएको छ । उक्त सामग्री वडा मार्फत सबै विद्यालयमा पुरयाउने गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

सम्भव नेपालको स्थापना गोरखाको आरुघाट गाउँपालिका ८ का प्रेमकुमार खत्रीले २०६५ सालमा गरेका हुन् । पर्यटन व्यवसायी खत्रीले यसअघि चुमनुब्री, धार्चे, आरुघाट, भिमसेन थापा गाउँपालिकामा १४० थान थर्मल गन, ५७ हजार थान कटन मास्क, २० हजार ५९२ थान हात धुने साबुन स्थानीय तह मार्फत सबै विद्यालयलाई बितरण गरेका थिए ।

No description available.

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  २ : ५१ बजे

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा