अझै कोरोना खोपको प्राथमिकतामा परेनन् शिक्षक « Khabarhub

अझै कोरोना खोपको प्राथमिकतामा परेनन् शिक्षक


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहँदा अझै शिक्षक खोप लगाउने सूचीको प्राथमिकतामा परेका छैनन् ।

शिक्षकलाई कहिले खोप लगाउने भन्ने विषयमा कुनै निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर घिमिरेले बताए ।

उनले भने, ‘यसबारे मन्त्रालयले अहिले नै कुनै निर्णय गरेको छैन् । निर्णय गर्याे भने भनौंला ।’

पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, पत्रकार लगायतलले खोप लगाएका छन् ।

पहिलो चरणमा खोप लगाउन छुटेकाहरुलाई स्वास्थ्य मन्त्रालयले खोप लगाउन आउन सूचना नै जारी गरेको छ ।

लाखौँ विद्यार्थीसँग प्रत्यक्ष जोडिने शिक्षकहरुलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्ने भन्दै विभिन्न शैक्षिक सरोकारवाला संघ संस्थाहरुले पनि बताउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयले अब फागुन २ गतेबाट ८ गतेसम्म खोप लगाउनेको सूचीमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य स्वयंसेवक लगायतलाई प्राथमिकतामा राखेको छ ।

गत माघ २७ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना विरुद्धको खोप अभियानमा शिक्षकहरुलाई प्राथमिकतामा राख्न अनुरोध गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखे पनि सुनुवाई भएको छैन ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : ४० बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै