कुरिनटारमा प्रहरी चौकी स्थापना « Khabarhub

कुरिनटारमा प्रहरी चौकी स्थापना


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले आज प्रहरी चौकी उद्घाटन गरेका हुन ।

प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उद्देश्यअनुसार वडा नं ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताइन् ।

गाउँपालिकाको केन्द्रसमेत रहेको कुरिनटारमा उद्योग होटल भएको र राजधानी भित्रिने मुख्यराजमार्ग पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा सफल भएको उनले बताइन ।

प्रहरीचौकी स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक एसपी नान्तिराज गुरुङलाई धन्यावाद दिए ।

साथै अध्यक्ष गुरुङले तत्काल जग्गा उपलब्ध भएर भवन निर्माण नभएसम्म प्रहरी चौकीको घरभाडा गाउँपालिकाले उपलब्ध गराउने बताए ।

प्रहरी उपरीक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताए । अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने बताए । उनले प्रहरीलाई नागरिकले सूचना दिएर सहयोग गरेका कारण नै अपराध नियन्त्रण गर्न सकिने बताए ।

इलाका प्रहरी कार्यालय मुग्लिनको मातहतमा रहने कुरिनटार प्रहरी चौकीमा १५ जनाको दरबन्दी रहेको तर अहिले तत्काल प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना रहने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

इच्छाकामना गाउँपालिकाको सात वटा वडामध्ये तीन वटा वडामा मात्र प्रहरी चौकी रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : ४५ बजे

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान

इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ

काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुर्खेतमा भएको इनिशा

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ