इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ « Khabarhub

इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुर्खेतमा भएको इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै निष्पक्ष अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरी महानिरीक्षक कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै दोषीलाई कारवाही गरी न्याय दिलाइने प्रतिबद्धता व्यक्त गरे । उनले न्यायको माग उठिरहेको आवाजको सुनुवाइ हुने विश्वास दिलाउँदै अनुसन्धानका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र छिट्टै घटनाको निष्कर्ष सार्वजनिक हुने बताए ।

कार्यक्रममा उनले सबै नागरिकले समान हकअधिकार पाउनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको विभेद सह्य नहुने स्पष्ट पारे । विभेदविरुद्ध कानून बमोजिम कडाइका साथ अघि बढ्ने प्रहरीको प्रतिबद्धता पनि उनले दोहोर्‍याए ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ५ : ३० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष