पशुपतिनाथका भक्तजनलाई नेपाल मेडिसिटी अस्पतालको निःशुल्क स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

पशुपतिनाथका भक्तजनलाई नेपाल मेडिसिटी अस्पतालको निःशुल्क स्वास्थ्य परीक्षण


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहीबार गरी करीब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपरान्हदेखि बिहीबार रातिसम्म सेवा सञ्चालन गरेको हो ।

शिविरमा केही आकस्मिक अवस्थाका बिरामी थिए भने साधारण चेकजाँचका लागि थुप्रै व्यक्ति सहभागी थिए । सेवा प्राप्त गर्ने अधिकांश भक्तजनहरुमा साधारण घाँउ, चोटपटक र कमजोरी भएको पाइएको थियो ।

पशुपतिनाथमा अघिल्ला वर्षहरुमा जस्तो भीडभाड नभए पनि स्वास्थ्य प्रतिको सबैको चासो बढेका कारण शिविर स्थलमा थुप्रै भक्तजनहरुले अवलोकन गरे ।

ब्लड प्रेसर तथा मधुमेह परीक्षण गर्नेहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।

अस्पतालले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्दै आइरहेको छ भने कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसँगै शिविर तथा जनचेतनामूलक कार्यक्रममा थप सक्रियता बढाउदै जाने महाप्रबन्धक विजय रिमालले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : १३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला