गण्डकी सरकारको निर्ब्याजी कर्जाका लागि ४ हजार बढीको आवेदन « Khabarhub

गण्डकी सरकारको निर्ब्याजी कर्जाका लागि ४ हजार बढीको आवेदन


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कोरोना संक्रमणका कारण प्रभावित साना लगानीका व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवन रक्षा कोषका लागि चार हजार बढीले निवेदन दिएका छन् ।

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमणका कारण समस्यामा परेका साना लगानीका व्यवसायीलाई निर्ब्याज ऋण उपलब्ध गराउने भन्दै आवेदन मागेको थियो ।

बजेटमा कोभिड–१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरिएको थियो ।

व्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि, २०७७ बमोजिम उद्यमी र व्यवसायीलाई विनाब्याज कर्जा उपलब्ध गराउन यही फागुन ८ गते प्रथम पटक सूचना प्रकाशन गरिएको थियो ।

विभिन्न क्षेत्रका व्यवसायीबाट थप समयको माग भएकाले पुनः आगामी चैत ६ गतेसम्म निवेदन दिने समय थप गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीकाअनुसार वार्षिक रु ५० लाख वा सोभन्दा कम कारोवार भएका उद्यमी व्यवसायीले सम्बन्धित ‘क’ वर्गका वाणिज्य बैंकमा तोकिएका कागजात संलग्न गरी निवेदन पेश गर्न आह्वान गरिएकामा ४ हजार १६६ ले निवेदन दिएका छन् ।

वाणिज्य बैंकबाट आवेदन भर्न सकिने व्यबस्था प्रदेश सरकारले गरे पनि कतिपय व्यवसायीले भने आवेदन भर्न नपाएको गुनासो गरेका छन् ।

सञ्चार माध्यामबाट सूचना सुनेर सोध्दा वाणिज्य बैंकले अनविज्ञता जनाएको नवलपुरका व्यवसायी ध्रुवकुमार श्रेष्ठले बताए ।

मुख्यमन्त्री कार्यालयका उपसचिव भण्डारीकाअनुसार गण्डकी प्रदेशका १८ वाणिज्य बैंकलाई छनोट गरेको र कार्यविधिअनुसार नै प्रक्रिया अघि बढेको बताए ।

प्रदेश सरकारले एक अर्बको व्यवसायी पुनर्कर्जा कोषको शुभारम्भ गरे पनि कोभिडबाट प्रभावित व्यवसायीले त्यो कर्जा लिएर व्यवसाय सञ्चालन गर्ने अझै वातावरण नभएको गुनासो गर्दै आएका छन् ।

ट्राभल्स र मनि चेञ्जरलगायत अन्य केही साना व्यवसायीलाई सरकारको नीतिगत व्यवधानका कारण यो कर्जाको सुविधा लिनबाट वञ्चित गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ११ : १५ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत