भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ६९ हजार संक्रमित | Khabarhub Khabarhub

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ६९ हजार संक्रमित


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (आइतबार) चैत्र २९ मा भारतमा दोस्रो धेरै १ लाख ५२ हजार ६८२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख १ हजार ४५६ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ८९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ३६ बजे

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक