म्यानचेष्टर युनाइटेडको सहज जित « Khabarhub

म्यानचेष्टर युनाइटेडको सहज जित


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले सहज  जित हात पारेको छ ।

आइतबार राति घरेलु टोली टोटेनहमलाई युनाइटेडले ३–१ गोलले हराएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा युनाइटेडले पुनरागमन जित निकाल्यो । खेलको ४०औँ मिनेटमा सन ह्युङ मिनको गोलमा टोटेनहमले अग्रता बनाएको थियो ।

५७औँ मिनेटमा युनाइटेडका लागि फ्रेडले गोल गरे । इडिन्सन काभानीले ७९औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाए । इन्जुरी समयमा मासन ग्रिनउडको प्रहार गोलमा परिणत भएपछि युनाइटेड ३–१ ले विजयी बन्यो ।

जितसंगै दोस्रो स्थानको युनाइटेडको ६३ अंक भएको छ । टोटेनहम ४९ अंकसहित सातौं स्थानमा छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ५५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल