एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा | Khabarhub Khabarhub

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा रियल बेटिससँग १-१ गोलको बराबरी खेल्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।

बेटिसको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको अंक बाढ्न बाध्य भयो ।

खेलको पाँचौ मिनेटमा यान्निक कारस्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए पनि २०औँ मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गरेपछि एट्लेटिको १-१ गोलको बराबरीमा रोकियो ।

बराबरीसँगै एट्लेटिको रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिकोले ३० खेलमा ६७ अंक जोडेको छ ।

रियल बेटिस ४७ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : ४० बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका