रामकृष्ण र अस्मिताको गीतमा थालिस्मिया सचेतना | Khabarhub Khabarhub

रामकृष्ण र अस्मिताको गीतमा थालिस्मिया सचेतना


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले वास्तविक कथामा आधारित गीत ‘सोचे भन्दा फरक संसार’ काे भिडियाे सार्वजनिक भएकाे छ ।

काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हाे । १७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपण गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेखेका हुन् ।

गीतमा रामकृष्ण ढकाल र अस्मिता अधिकारीको स्वर छ । भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता राजुको भूमिका निर्वाह गरेका छन् ।

आफ्नो भाई जन्मेपछि भाईबाट बोनम्यारो प्रत्यरोपण गराएर १७ वर्षलामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिनाको बास्तविक कथा यो गीतमा शब्द र भिडियोबाट प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा रामकृष्णसँगै अस्मिता अधिकारी, नया खत्री, जोहन खत्री, शम्भुजित बासकोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाललगायतले यसमा अभिनय गरेका छन् ।

भिडियो लोकार्पण समारोहमा गीतकार राजु केसीले थालिस्मिया रोगबाट छोरी ग्रस्त भएपछि १७ वर्षसम्म छोरीको उपचारमा भोगेको पीडाबारे जानकारी गराए । यही रोगको बारेमा जानकारी दिन सोचे भन्दा फरक संसार गीत तयार गरेर भिडियो ल्याएको बताए ।

लामो समय अमेरिका बसेर आएकी रोजिनाले आफु पूर्ण निको हुने लाखौंमा एक भएको जानकारी गराईन । उनले अब नेपाल नै बसेर थालिस्मिया रोगीको सेवा गर्ने बताएकी छिन् । उनी अहिले पढ्दै छिन् ।

आइरिय मिडियाले निर्माण गरेको यो भिडियोलाई अशोक भुजेलले निर्देशन गरेका हुन् । इश्वर सिन्केमान र बिनय तामाँगले खिचेको यो भिडियोलाई आईरिस मिडियाबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १ : १५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला