रोशनको ‘कोष्ठकभित्रको हाँसो’ सार्वजनिक « Khabarhub

रोशनको ‘कोष्ठकभित्रको हाँसो’ सार्वजनिक


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साहित्यकार रोशन थापा ‘निरव’ को कथासंग्रह ‘कोष्ठकभित्रको हाँसो’ बजारमा आएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. धुव्रचन्द्र गौतम, समालोचक महेश पौड्याल र अनुपमा रेग्मीले कथासंग्रह विमोचन गरेका हुन् ।

कार्यक्रममा अनुपमा रेग्मीले समग्र कथासंग्रहभित्र समकालीन चेतना र उत्तर आधुनिकतावादी कथाहरू भएको बताइन् ।

समालोचक महेश पौड्यालले कथासंग्रहभित्रबाट केही संवाद वाचन गरेका थिए । उनले कथासंग्रह नाटकजस्ता र उपन्यासजस्ता रहेको उल्लेख गरे ।

डा. धुव्रचन्द्र गौतमले रोशन थापा ‘निरव’ पछिल्लो समयको प्रयोगवादी लेखकमा आफ्नो दर्जा बनाइसकेको बताए ।

सात खण्डमा पाँचका दरले रहेका यस कथासंग्रहभित्र जम्मा पैँतीसवटा कथा रहेका छन् ।

शिखा बुक्सले बजारमा ल्याएको यस संग्रहको मूल्य ४ सय ७५ रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : १५ बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई