‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई « Khabarhub

‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नियात्राकार सरिता अर्याललाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विसं २०७६ को उत्तम शान्ति पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो ।

नियात्राकार अर्यालको ‘मेरो अपहरण’ शीर्षकको कृतिलाई ताम्रपत्र र रु एक लाख नगद राशिसहित सम्मान गर्न लागिएको गुठीका सदस्य–सचिव ठाकुर पराजुलीले जानकारी दिए ।

उनले नियात्रा फाँटमा मानवीय अनुभूतिलाई मार्मिक पीडाको उत्खनन् गरी सन्त्रास एवं सङ्घर्षको गहिराई तथा जीवनप्रतिका विश्वासलाई कलात्मक उचाइका साथ प्रतिविम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए ।

गुठीले विसं २०४४ देखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तम शान्ति पुरस्कारद्वारा सम्मानीत गर्दै आएको छ । पुरस्कार आगामी जेठ १२ गते बुधबार प्रदान गरिने सदस्य–सचिव पराजुलीले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : ४५ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’