‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई « Khabarhub

‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नियात्राकार सरिता अर्याललाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विसं २०७६ को उत्तम शान्ति पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो ।

नियात्राकार अर्यालको ‘मेरो अपहरण’ शीर्षकको कृतिलाई ताम्रपत्र र रु एक लाख नगद राशिसहित सम्मान गर्न लागिएको गुठीका सदस्य–सचिव ठाकुर पराजुलीले जानकारी दिए ।

उनले नियात्रा फाँटमा मानवीय अनुभूतिलाई मार्मिक पीडाको उत्खनन् गरी सन्त्रास एवं सङ्घर्षको गहिराई तथा जीवनप्रतिका विश्वासलाई कलात्मक उचाइका साथ प्रतिविम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए ।

गुठीले विसं २०४४ देखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तम शान्ति पुरस्कारद्वारा सम्मानीत गर्दै आएको छ । पुरस्कार आगामी जेठ १२ गते बुधबार प्रदान गरिने सदस्य–सचिव पराजुलीले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : ४५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी